ध्वस्त पारियो ट्रम्पको ३४ तले प्लाजा
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन ०७, अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको प्लाजा हज्जारौं डाइनामाइटको मद्दतले ढालिएको छ । अमेरिकाको अटलान्टिक शहरमा रहेको प्लाजा आफ्नो क्यासिनोका लागि चर्चित रहेको थियो । ३००० डाइनामाइटको मद्दतले ३४ तले यो भवनलाई ढालिएको दृश्य निकै रोचक छ ।
सन् १९८४ मा खोलिएको सो प्लाजा सन् २०१४ मा यो बन्द भएको थियो । थुप्रै आँधीका कारण यो भवनको बाहिरी हिस्सा जर्जर भएको थियो जसका कारण अघिल्लो वर्ष जूनमा नै शहरका मेयर मार्टी स्मलले यो भवनलाई ध्वस्त पार्न आदेश दिएका थिए । जब यो भवनलाई भत्काइँदै थियो तब त्यहाँ सयौं मानिसहरुको उपस्थिती थियो ।