कपिल शर्मा देखिए ह्वीलचेयरमा

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १२, भारतीय हास्यकलाकार कपिल शर्मा ह्वीलचेयरमा देखिनुको कारण खुलासा भइको छ। कपिल सोमबार मुम्बई विमानस्थलमा ह्वीचेयरमा देखिएपछि उनका फ्यान तथा शुभचिन्तकहरूले उनको स्वास्थबारे निकै चासो देखाएका थिए। कपिलले आफ्नो स्वास्थ ठिक भएको भन्दै ह्वीलचेयरमा बस्नुको कारण खुलाएको बलिउड हंगामाले बताएको छ।

बलिउड हंगामासँग कुराकानीमा कपिलले भनेका छन्, ‘मेरो स्वास्थमा कुनै समस्या छैन। म ठिक छु। जिम जादाँ मेरूदण्डमा सामान्य दुखाइको समस्या आएको हो। केही दिनमा ठिक भइहाल्छ।’कपिलले आफ्नोबारे चासो देखाएकोमा शुभचिन्तकहरूलाई पनि धन्यवाद दिएका छन्। भारतीय कमेडियन कपिल र उनकी पत्नी गिन्नी छत्रतले हालै मात्र दोस्रो सन्तानलाई जन्म दिएका छन्। उनीहरूको एक वर्षीया छोरी अनायरा पनि छिन्।

 

 

प्रकाशित : 24 February, 2021

प्रतिक्रिया दिनुहोस्