भारतीयहरुका लागि इन्स्टाग्राम रिल्स अब इन्स्टाग्राम लाइट एपमा उपलब्ध
काठमाडौं । फाल्गुन १३, लोकप्रिय सोशल मिडिया साइट मध्ये एक इन्स्टाग्रामले यसका प्रयोगकर्ताहरूलाई सुविधा प्रदान गर्न नयाँ फिचरहरू थपिरहेको छ। यसै समयमा, इन्स्टाग्राम रिल्स अब इन्स्टाग्राम लाइट एपमा समेत उपलब्ध रहेको छ। फेसबुकको स्वामित्वमा रहेको फोटो सेयरिङ्ग प्लेटफर्म इन्स्टाग्रामले बुधवार सो घोषणा गरेको हो भने हाल यस सेवा भारतीय लाइट एप प्रयोगकर्ताहरुका लागि मात्र उपलब्ध रहेको छ ।
भारतमा इन्स्टाग्राम लाइटको परीक्षण डिसेम्बर २०२० मा शुरू भएको हो। यो एप इन्स्टाग्रामको लाइट संस्करण हो। यसको आकार २ एमबी भन्दा कम छ। यद्यपि यसले इन्स्टाग्रामको तुलनामा धेरै सुविधाहरू प्राप्त गर्दैन। तर लाइट भर्सनमा हुँदा यसले कम डाटा खपत गर्ने र सस्ता डिभाइस प्रयोग गर्नेहरुलाई फाइदा हुनेछ । त्यसैगरि यसका लाइट एपमा प्रयोग गर्नेहरुले रिल्स हेर्न पाएपनि नयाँ भिडियो कन्टेन्ट सिर्जना गर्न सक्नेछैनन् । यसअघि रिल्स इन्स्टाग्रामको मुख्य एपमा मात्र उपलब्ध थियो जुन गएको अगस्टमा लन्च गरिएको हो । सो फिचर पनि सबैभन्दा पहिले भारतमा नै परीक्षण र सार्वजनिक गरिएको थियो ।