हराएकी महिलाको खोजी गर्नेलाई १ लाख डलर इनाम

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १३, दुबई निवासी क्यानडाली नागरिक गिद्रे भाईस्काईती माल्दिभ्सको ईण्टरकण्टिनेण्टल रिसोर्टबाट ११ दिनदेखि हराईरहेकी छिन। उनि ८ महिनाको गर्भवती रहेकी बताईएको छ। दुबईमा रहेका उनका पतिले आफ्नी हराएकि ३३ वर्षिया पत्नीका बारेमा सूचना दिनेलाई १ लाख डलर पुरस्कार दिने घोषणा गरेका छन।

उनका पति परमर गुरसारन्जित सिंहले उनकि पत्नी एक्लै समुन्द्रमा पौडी खेलिरहेकी थिईन। ५ दिनको खोजीपछि प्रहरीले उनि समुन्द्रमा डुबेको हुन सक्ने अनुमान गरेपनि परिवारले थप खोजी गर्न दवाव दिएको बताईएको छ। परिवारले उनको अपहरण भएको हुन सक्ने आशंका गरेको छ भने उनि राती करिव ७ बजे पौडी खेल्न होटलबाट निस्केकी थिईन। राती ९ बजे उनि हराएको खबर बारे प्रहरीलाई जानकारी गराईएको थियो।

 

 

प्रकाशित : 25 February, 2021

प्रतिक्रिया दिनुहोस्