केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चार जनाको रहस्यमय आत्महत्याको घटना सेलाउन नपाउदै फेरि दम्पतीले गरे झुण्डिएर आत्महत्या

सहयात्रा टिभी

धुलिखेल । पछिल्लो समय हत्या या सामुहिक आत्महत्या जस्ता घटनाहरु बढि हुन थालेका छन् । केहि साता अघिमात्रै काभ्रेमा एकै परिवारको सामुहिक आत्महत्याको घटना बाहिर आएको थियो । अधिकांश बहुविवाह, घरभित्रको कलहले नै यस्ता खाले घटना हुने गरेको तथ्य फेला पर्ने गरेको छ । काभ्रेमा एकै परिवारको सामुहिक आत्महत्याको घटना सेलाउन नपाउँदै फेरि धुलिखेल नगरपालिका वडा नम्बर ८, बडाल गाँउमा एक दम्पती रुखमा भुण्डिएको अवस्थामा फेला परेका छन् । एउटै डोरीमा रुखमा झुण्डिएको अवस्थामा दम्पती सोमप्रसाद बडाल र मनिषा दाहाल फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बुधबार साँझमा नुहाउन जान्छु भनेर हिँडेका उनीहरु घर नजिकै सेतीकाठ भन्ने रुखमा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् । घरमा जेठी श्रीमती हुँदाहुँदै सोमप्रसादले केही दिनअघि मात्र धुलिखेल नगरपालिका २, रविकी मनिषालाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका थिए । केही दिनअघि कान्छी श्रीमतीको रुपमा मनिषालाई भित्र्याएपछि घरमा झगडा परेको र त्यही विषयलाई लिएर जेठी श्रीमती टिकादेवी बडालले अदालतमा बहुविवाहको मुद्धा हालेपछि सोमप्रसाद र मनिषा दुबै तनावमा रहेको परिवार श्रोतले जनाएको छ । सोमप्रसादको जेठी श्रीमतीतर्फ एक छोरा र एक छोरी छन् । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएके छ ।

प्रकाशित : 28 July, 2017

प्रतिक्रिया दिनुहोस्