पल र मलिका एकैसाथ अब फिल्ममा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १७, नायक पल शाह र नायिका मलिका महत्तले अभिनय गरेका २ वटा भिडियोले तहल्का नै मच्चायो । ‘फुलबुट्टे सारी र टाढा भएपनि’ बोलको गीतमा देखिएपछि यो जोडीलाई दर्शकले अत्याधिक रुचाएको पाईन्छ । म्यूजिक भिडियोमा चलेपछि पल र मलिकालाई लिएर चलचित्र बनाउने तयारी गरिएको बताईएको छ । मोसन पिक्चर्सले यतिबेला चलचित्रको धमाधम कथा लेख्ने काम भैरहेको छ । पोखरामा रहेर कलाकार माओत्से गुरुङ र उनको टिमले चलचित्रको कथा लेखिरहेको छ ।