राष्ट्रसंघका अनुसार सिरियामा हिरासतमा लिइएका हजारौं मानिस अझै बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १८, संयुक्त राष्ट्रसंघले १० वर्षे गृहयुद्धको क्रममा हिरासतमा लिइएका हजारौं मानिसहरु अझै बेपत्ता रहेको बताएको छ । राष्ट्रसंघका अनुसन्धानकर्ताहरुले मनोमानीपूर्ण तरिकाले प्रक्रिया नपुर्‍याई हिरासतमा लिइएका मानिसहरु अझै बेपत्ता रहेको बताएका हुन् ।

सिरियामा जारी युद्धका पीडितले भने अकल्पनीय पीडाको सामना गर्नुपरेको बताएका छन् । सिरियामा यो गृहयुद्धमा बालिका तथा महिलामाथिको बलात्कारका घटनामा पनि अत्यधिक बढेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सिरियाको लागि राष्ट्रिय संकटको विषय रहेको यसको सम्बोधन हुनु जरुरी छ । सिरियामा सन् २०११ यता गृहयुद्ध जारी छ । यो गृहयुद्धमा अहिलेसम्म तीन लाख ८० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । मृत्यु हुनमध्ये आधाभन्दा धेरैको मृत्यु आफ्नै घरमा भएको थियो ।

प्रकाशित : 2 March, 2021

प्रतिक्रिया दिनुहोस्