युट्युबले टिकटकजस्तै शर्ट भिडियो शेयरिङ फिचर ल्याउँदै

काठमाडौं । फाल्गुन १८, युट्युबले शर्ट्स नाम गरेको टिकटक जस्तै शर्ट भिडियो शेयरिङ फिचर सुरु गरेको छ। यसको मुख्य उद्देश्य टिकटकको बढ्दो प्रभावकारितालाई रोकेर त्यसको बदलामा युट्युब अन्तर्गतको भिडियो शेयरिङ फिचरका प्रयोगकर्ता बढाउने रहेको छ। नयाँ फिचर अमेरिकामा रहेका केही युट्युब प्रयोकर्ताले प्राप्त गर्न थालिसकेका छन् भने छिट्टै नै विश्वव्यापी रुपमा उपलब्ध हने बताईएको छ।