नाइजेरियामा अपहरणमा परेका ३ सय विद्यार्थी अपहरणमुक्त
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १८, उत्तरपश्चिमी नाइजेरियाको जामफारा राज्यको एक विद्यालयबाट अपहरण गरिएका तीन सय विद्यार्थीलाई अपहरणकारीले मुक्त गरेका छन् । गत हप्ता अपहरणमा परेका मध्ये ४२ जनालाई सुरक्षित साथ अपहरणमुक्त गरिएको थियो भने मंगलबार बाँकी सबैलाई छाडिएको त्यहाँका सरकारी अधिकारीहरूलाई उधृत गर्दै बीबीसीले बताएको छ ।
राष्ट्रपति मुहम्मु बुहारीले अपहरणकारीहरूले विद्यार्थीहरूलाई सुकुशल फिर्ता पठाएकोमा खुसी व्यक्त गर्नुभएको छ । १२ देखि १६ वर्ष उमेर समूहका ती छात्राहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ । फिरौतीका लागि विद्यार्थीहरूको अपहरण हुने गरेकोमा यो पटक भने किन र के का लागि अपहरण गरिएको हो भन्ने खुल्न सकेको छैन ।