राष्ट्रिय सङ्ग्रहालयको डिजिटल स्तरोन्नति पछि घरमै बसेर अवलोकन गर्न पाइने

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १९, राष्ट्रिय सङ्ग्रहालय अब घरमै बसेर अवलोकन गर्न पाइने भएको छ । छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयको ८२औँ स्थापना दिवसको अवसर पारेर सङ्ग्रहालयले ‘भर्चुअल टुर’ सुरु गरीएको छ ।

कोभिडजस्ता विषम परिस्थतिमा प्रत्यक्ष अवलोकन गर्न नसक्ने देशविदेशका आगन्तुकहरूलाई लक्षित गरी सङ्ग्रहालयलाई डिजिटल रूपमा स्तरोन्नति गरेको सङ्ग्रहालयका निर्देशक जयराम श्रेष्ठले बताउनु भयो। अवलोकनकर्तालाई भर्चुअल रूपमा सङ्ग्रहालय भ्रमण गर्न कम्तीमा पनि १ घण्टा लाग्ने श्रेष्ठको भनाइ रहेको छ ।

प्रकाशित : 3 March, 2021

प्रतिक्रिया दिनुहोस्