नेपाल टेलिकमको सिम हरायो ? अब चिन्ता नगर्नुहोस्
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन १९, यदि नेपाल टेलिकमको सिम प्रयोग गर्नुहुन्छ र ब्यालेन्स सहितको सिम हराएको छ भने अब चिन्ता नगर्नुहोस् । नेपाल टेलिकमले सिमकार्ड हराएमा लक गर्न र त्यसमा रहेको ब्यालेन्स समेत ट्रान्सफर गर्न सकिने बताएको छ ।
एनटीसीको सिम चोरी भयो वा हरायो भने त्यसमा भएको सिमलाई हामी आफै पनि बन्द गर्न सकिनछ तर यसको लागि सिममा भएको सेक्युरिटी कोड थाहा हुनुपर्छ । सिम किन्दा नै सेक्युरिटी कोड नम्बर उपलब्ध गराइएको हुन्छ । अर्को कुनै मोबाइलबाट १४१४ नम्बर डायल गरि आवश्यक निर्देशन अनुसार हराएको सिम बन्द गर्न सकिन्छ । यदि सेक्युरिटी कोड नम्बर थाहा नभएमा जसको नाममा सिम दर्ता भएको छ उसको नागरिकता लिएर सम्बन्धित स्थानको टेलिकम कार्यलयमा सम्पर्क राख्न सक्नु हुनेछ ।