इन्डोनेशियाको माउन्ट सिनाबंगमा शक्तिशाली ज्वालामुखी विस्फोट
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १९, इन्डोनेशियामाको माउन्ट सिनाबंगमा शक्तिशाली ज्वालामुखी विस्फोट भएसँगै उच्च सतर्कता अपनाइएको बीबीसीको खबरमा बताईएको छ । माउन्ट सिनाबंग क्षेत्रको ३ किलोमिटर आसपास रहेका सर्वसाधारणलाई सुरक्षित ठाउँमा सारिएको छ।
विस्फोटपछि ज्वालामुखीको धुँवा पाँच किलोमिटर माथिसम्म फैलिएको थियो भने भूकम्पको जोखिममा रहेको त्यस क्षेत्रमा हुने गरेको ज्वालामुखी विस्फोटले इण्डोनेशियाको उत्तरी सुमात्रा प्रान्तमा पनि उच्च सतर्कता अपनाइएको छ । इन्डोनेशियामा हाल १ सय ३० वटा ज्वालामुखी सक्रिय रहेका छन् । जुन विश्वका अन्य राष्ट्रहरुका सक्रिय ज्वालामुखीको तुलनामा अत्याधिक हो ।