क्रिकेट स्टार गेलले आफु जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार रहेको भन्दै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन १९, विश्व टी–२० क्रिकेटका स्टार क्रिस गेलले आफू जुनसुकै पोजिसनमा पनि ब्याटिङ गर्न तयार रहेको बताएका छन् । श्रीलंकासँगको टी–२० सिरिजअघिको प्रेस कन्फ्रेन्समा गेलले जुनसुकै पोजिसनमा ब्याटिङ गरेपनि आफू खुसी हुने बताए । उनले आफू विश्वकै उत्कृष्ट रहेको बताए ।
श्रीलंका विरुद्ध सिरिज खेल्ने वेष्ट इन्डिजको १४ सदस्यीय टिममा चारजना ओपनर छन् । गेलसहित एभिन लेविस, लेन्डल सिमोन्स र आन्द्रे फ्लेचरले ओपनिङ गर्न सक्छन् । ‘अहिले म नम्बर ३ मा विशेषज्ञ जस्तो देखिन्छु,’ उनले जोक गर्दै भने, ‘यो भूमिका मलाई अनिल कुम्लेले दिएका हुन् । उनले आईपीएल सुरु हुनुअघि यस बारे भनेका थिए । मलाई यसमा कुनै समस्या भएन । उनीहरुले नम्बर ३ मा मेरो अनुभव चाहेका हुन् किनकी मायंक अग्रवाल र केएल राहुलले राम्रो गरिरहेका थिए ।’ गेलले आफू नम्बर ३ वा नम्बर ५ जता पनि ब्याटिङ गर्न सक्ने बताए ।
गेलले आफूले खेलबाट टाढा हुने सोच बनाएपनि यो वेष्ट इन्डिजबाट पुनरागमन गर्ने प्रस्ताव अस्वीकार गर्न असम्भव रहेको बताए । उनले वेष्ट इन्डिजमा आफ्नो मुटु रहेको बताए । यस्ते गेलले तेस्रो पटक टी–२० विश्वकप उपाधि जित्ने लक्ष्य बनाइरहेका छन् । ४१ वर्षीय गेलले यसअघि २०१२ र २०१६ मा टी२० विश्वकप जितेका थिए । सन् २०१९ को ओडीआई विश्वकप पछि गेल पहिलो पटक वेष्ट इन्डिजको जर्सीमा देखिन लागेका हुन् ।