ट्विटरमा पनि क्लबहाउस जस्तै अडियो च्याट रुम

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २०, माइक्रोब्लगिङ साइट ट्विटरले क्लबहाउस जस्तै अडियो च्याट रुम फिचर सुरु गरेको छ। यस फिचरको नाम उसले स्पेशेज राखेको छ। हाललाई एन्ड्रोइड डिभाइसहरुमा यसको बिटा भर्जनको परीक्षण भइरहेको छ। कम्पनीले बुधबार ट्वीटमार्फत् ट्विटर स्पेशेजको एन्ड्रोइड बिटा भर्जनको परीक्षण सुरु भएको बताएको छ । ट्विटरको रुम अर्थात् स्पेशमा जोडिन निम्ता पाएका ट्विटर प्रयोगकर्ताले आफ्नो फ्लीटलाइनमा बैजनी रंगको संकेतमार्फत जोडिन सक्नेछन्। तर तत्कालै उनीहरुले आफ्नो रुम क्रियट गर्न भने सक्ने छैनन्।

‘पब्लिक कन्भरसेसनका लागि अडियोको विकल्प थपिएको छ। संगीतकार तथा लेखकहरुले आफ्ना सिर्जनाहरुलाई जीवन्त बनाउन र अन्यले कथा सुनाउन, मनका कुरा भन्न अडियोको प्रयोग गरिरहेका छन्, ट्विटरले डिसेम्बरमा लेखेको थियो, ‘मानिसहरु ट्विटरमा बातचित गरिरहँदा सहज महसुस गर्न तथा नियन्त्रणमा रहन मन पराउँछन् भन्ने पनि हामीलाई थाहा छ।’ सो फिचर सबैका लागि कहिले उपलब्ध हुनेछ भन्ने आधिकारिक मिति भने ट्विटरले तोकेको छैन।

 

प्रकाशित : 4 March, 2021

प्रतिक्रिया दिनुहोस्