टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना: ११ सैनिकको ज्यान गयो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २१, टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ११ जना सैनिकको ज्यान गएको र २ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले बताएका छन् । हेलिकप्टर दुर्घटनाको कारण खुल्न अझौँ बाँकी रहेको छ भने ज्यान गुमाउनेमा सेनाका उच्च अधिकारीसमेत रहेको खबरमा उल्लेख छ ।