मिस नेपालले थालिन् गुदपाक व्यवसाय ‘माक्कुसे’
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २१, मिस नेपाल वर्ल्ड २०१९ की विजेता अनुष्का श्रेष्ठले आधुनिक स्वादमा परम्परागत नेपाली रेसिपी डेसर्ट ब्राण्ड ‘माक्कुसे’ बजारमा ल्याएकी छिन् । नेपाली परम्परागत परिकारलाई पुनर्जीवित गर्दै विश्व बजारमा स्थापित गर्ने उद्देश्यले श्रेष्ठले माक्कुसे बजारमा ल्याएकी हुन् । माक्कुसे अर्थात् बर्णन नै गर्न नसकिने अत्यन्तै मिठो परिकार, नेवारी भाषामा रहेको छ भने माक्कुसे ब्राण्डबाट हाल परम्परागत पुष्टकारी, गुलाबजल र पिस्ता सहितको गुदपाक, मोका (कफि मिश्रित) गुदपाक, चकलेट र गुदपाकबाट बनेको कुकिज, ओटमिल र पम्किन सिडबाट बनेको कुकिज उपलब्ध रहेका छन् ।
गुदपाक जस्तो ठेट नेपाली डेसर्ट पछिल्लो समय लोप हुँदै गैरहेको अवस्थामा कच्चा पदार्थको गुणस्तर र स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै गुणस्तरीय उत्पादनमा जोड दिएको अनुष्काको भनाइ छ । काभ्रेबाट दैनिक ताजा खुवा ल्याएर माक्कुसेको उत्पादन तयार गर्ने गरेको उनले बताइन् । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनपछि नेपाल फर्केर व्यवसायमा लागेकी अनुष्का बिदेशमा अर्जन गरेको सीप र ज्ञान स्वदेशमा सदुपयोग गर्नुपर्नेमा विश्वास राखेको बताउँछिन् ।
माकुसे, नेपाली डेर्जट ब्राण्ड नेपालमा मात्र नभई विश्वमै नेपालको मिठाईको अद्वितीय पहिचान बनाउन सफल हुने विश्वास माक्कुसे टिमको रहेको छ । माक्कुसेको सामाजिक सञ्जाल र लोकप्रिय नेपाली ईकमर्स ग्यापु मार्केटप्लेसको मोबाइल एप तथा वेबसाईट gyapu.com मा अर्डर गरि माक्कुसे नेपाल भर घरैमा डेलिभरी मगाउन सकिन्छ । ग्यापु मार्फत नै विदेशमा रहेका ब्यक्तिले सोही देशको डेबिट/क्रेडिट कार्ड प्रयोग गरेर नेपालमा रहेका आफन्तलाई माक्कुसेका उत्पादन उपहार पठाउन सकिने ब्यवस्था समेत कम्पनीले मिलाइएको बताएको छ ।