मेयर कप २०७७ क्रिकेट डिशहोमद्धारा प्रत्यक्ष प्रशारण

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २१, राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (CAN) द्धारा आयोजीत मेयर कप पुरुष (एक दिवसिय) २०७७ प्रत्यक्ष प्रशारण गर्न डिश मिडिया नेटवर्क र क्यान विच समझदारी भएको छ ।

 

 

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फाल्गुण २२ बाट सुरु हुने मेयर कप पुरुष (एक दिवसिय) २०७७ मा तीन विभागीय टोली, १ बागमती टोलि र काठमाडौ महानगरपालिका टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन । फाल्गुण २९ गते सम्म चल्ने प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागिय टोली र १ काठमाडौ महानगरपालिका गरि सहभागी ५ टाली रहेको छ ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्नेछ भने यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा को पनि प्रत्यक्ष प्रसारण गरेको थियो ।

 

प्रकाशित : 5 March, 2021

प्रतिक्रिया दिनुहोस्