ड्रग्सको लतले बर्बाद भएका बलिउड सेलिब्रेटी
काठमाडौं । फाल्गुन २२, फिल्म क्षेत्रको देखिने आवरणभन्दा भित्रि कथा निकै फरक हुने गर्छ । जसमध्ये केही कलाकार यस्ता छन्, जसले कुलतमा फसेर आफ्नो करियर नै बर्बाद बनाए । आउनुहोस् केहि त्यता सेलिब्रेटीको बारेमा चर्चा गरौँ ।
रणबीर कपूर
रणबीर कपूरले स्कुलबाट नै ड्रग्स लिन सुरु गरेका र त्यसको लत लागेको बताएका थिए । सुत्रका अनुसार रणबीर कपूरले पनि आफूले ड्रग्स प्रयोग गर्ने कुरा स्वीकार गरेका थिए । उनले ड्रग्स छोडेको घोषणा त गरे भने हाल उनी चेन स्मोकर हुन् ।
सञ्जय दत्त
सन् १९९३ मा भारतमा भएको बम बिस्फोटमा प्रयोग भएको हतियार राखेको आरोपमा जेल गएका अभिनेता दत्त सन् १९८२ मा ड्रग्स राखेको आरोपमा जेल गएका थिए । उनलाई जेलबाट छुटेपछि उनका पिता सुनील दत्तले अमेरिकाको पूर्नस्थापना केन्द्र पठाएका थिए ।
हनी सिंह
र्यापर तथा गायक हनी सिंह कुलतमा यसरी फसे कि उनलाई त्यसबाट बाहिर आउन निकै गाह्रोे भयो तर उनले अहिले कुलत छोडेर करियरमा केन्द्रीत भइरहेका छन् ।
फरदीन खान
सन् २००१ को मे ५ मा कोकीन नामक ड्रग्स राखेको आरोपमा खान पक्राउ परेका थिए । उनले जेलमा ५ दिन बिताए । उनलाई जेलबाट सिधा पूर्नस्थापना केन्द्र पठाइयो ।
प्रतिक बब्बर
स्वर्गीय अभिनेत्री स्मिता पाटिल र राज बब्बरका छोरा प्रतिकले पनि सञ्जय दत्तले जस्तै आफूले ड्रग्स लिएको खुलासा गरेका थिए । उनले १३ वर्षमै कुलतमा फसेको स्वीकारे । उनले यो लत छोड्न सकेका भने छैनन् ।