पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २४, इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको पहिलो तीन दिने औपचारिक इराक भ्रमण सम्पन्न भएको छ । सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गरेका थिए ।

उनले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिएका थिए जसमा उनले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राखेका थिए भने शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गरेका थिए । आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताए ।

प्रकाशित : 8 March, 2021

प्रतिक्रिया दिनुहोस्