यस्ता छन् मेगन मार्कल र राजकुमारी डायनाको तुलना गरिनुका कारण

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन २५, ड्यूक तथा डचिस अफ ससिक्सको ओप्रा अन्तर्वार्ता धेरै कारणले महत्त्वपूर्ण रह्यो तर ती मध्ये एउटा कारणचाहिँ अन्तर्वार्तामा राजकुमार ह्यारीकी आमा राजकुमारी डायनाको प्रसङ्ग बेलाबेलामा उल्लेख हुनु हो।

मेगन मार्कलले राजपरिवारसँग जोडिँदा उत्पन्न हुने विभिन्न पक्षबारे डायनाकी एक साथीसँग कुरा गरेको बताइन्। “किनभने अरू कसले त्योबारे बढ्ता बुझेको होला र?” २ महिलाको राजपरिवारमा हुँदाको अनुभवबारे तुलना पनि गरियो। राजकुमार ह्यारीले आफ्नो दम्पती राजकीय जिम्मेवारीबाट पन्छिनुअघि नै कसरी आफ्नी आमा र पत्नीबीच तुलना गर्दै आफूलाई ‘इतिहासको पुनरावृत्ति हुने’ डर लागेकोबारे बोलेका बताईएका छन्। ह्यारीले यूकेका ट्याब्लोइड पत्रिकाले आफ्नी पत्नीबारे प्रकाशन गर्ने सामग्रीलाई डायनाको पालामा भएका प्रकाशनसँग तुलना गरेको यो पहिलो पटक भने होइन।

प्रकाशित : 9 March, 2021

प्रतिक्रिया दिनुहोस्