गर्मीमा छालाको सुरक्षा यसरी गर्नुहोस्
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन २५, गर्मी मौसम सुरु भएसँगै छाला सम्बन्धी विभिन्न समस्याहरु आउने गर्दछ। गर्मी मौसममा विशेष गरि सूर्यको ताप तथा बाह्य तापक्रमका काराण शरीरमा पसिना आउने हुनाले पसिनाका कारण छाला भित्र र बाहिर प्रभाव पर्छ ।जसका कारण छालामा घमौरा आउने, फंगल, इन्फेक्सन हुने, घाउ हुने, दाद आउने, चिलाउने, छाला बाक्लो हुने, जस्ता रोगहरु देखापर्दछन् । यसको रोगथाम हुन्न भन्ने होइन केही कुराहरु अपनाउन सकियो भने पनि छालालाई जस्तो सुकैै गर्मीमा पनि बचाउन सकिन्छ ।
छालाको हेरचाह गर्न यसो गर्नुस्:
- प्रर्याप्त मात्रा पानी पिउने
- घर बाहिर निस्कने क्रममा छाता ओढ्ने वा क्याप लगाउने
- नियमित रुपमा व्यायाम गर्ने
- अनावश्यक रुपमा घाममा नजाने
- पौष्ट्रिक तत्वयुक्त खानेकुरा खाने
- आफ्नो छाला अनुसारको सनब्लक क्रिमको प्रयोग गर्ने
- हल्का नरम र सुतिको कपडा लगाउने
- पूरै शरीर ढाक्ने कपडा लगाउने