संसारकै लामो खुट्टा भएकी युवती
सहयात्रा टिभी
काठमाडौं । फाल्गुन २५, अग्लो जिउ महिलाको सुन्दरताको एउटा मानक हो । तर रुसी युवती क्याटरिना लिसिनाका लागि चाहिँ उनका अग्ला खुट्टा सुन्दरताका लागि भन्दा दुनियामा चिनाउनका लागि सहयोगी बनेका छन् । २९ वर्षकी क्याटरिना पेशाले खेलाडी तथा मोडेल हुन् । ६ फिट ९ इन्च अग्ली यी युवती रुसकी सबैभन्दा अग्ली महिला हुन् भनेर चिनिन्छ ।
विश्वकै सबैभन्दा अग्लो कदकी मोडलका रुपमा गिनिज बुकमा नाम लेखाउन चाहन्छिन् उनी । आफूसँग जिन्दगीमा दुईवटा विकल्पको रुपमा बास्केटबल र मोडलिङ रहेकोमा अब खेल छाडेर ग्लामरको दुनियामा जम्ने उनको योजना छ ।
सन् २००८ मा भएको ओलम्पिकमा रुसी महिला बास्केटबल टोलीको सदस्य रहेकी उनले कास्य पदक जितेकी थिइन् ।क्याटरिनाका बुवा आमा दुबै अलिक बढी अग्ला छन् । क्याटरिना पनि जन्मिँदै सामान्य बच्चाभन्दा अलिक लामो रहेको उनका अभिभावकको भनाइ रहेको छ ।