गर्मीमा बच्चाको हेरचाहमा बिर्सन नहुने यी कुराहरू
काठमाडौं । फाल्गुन २८, गर्मी मौसममा नवजात शिशुलाई कसरी रेखदेख गर्ने ? गर्मीमा बच्चाको लागि अनुकूल वातावरण कसरी तयार पार्ने भन्ने कुरा हरेक परिवारले जानिराख्नु जरुरी छ । किनकि प्रचण्ड गर्मी र तातो हावाले बच्चाको छालालाई सुख्खा बनाइदिन्छ । बजारमा पाइने महँगो उत्पादनको उपयोग गर्नुको साटो केही कुरामा ध्यान दिँदा घरमा नै बच्चालाई सुरक्षित र स्वस्थ राख्न सकिन्छ ।
गर्मी याममा नवजात शिशुको छालाको सुरक्षा कसरी गर्ने त ?
नरिवलको तेल–तपाईंको बच्चा तातोको कारण दाँतको समस्या उत्पन्न हुन सक्छ । यदि बच्चाको शरीरमा दागहरू देखियो भने उसको शरीरमा नरिवलको तेल प्रयोग गर्नाले तुरुन्त राहत महसुस गराउँछ । जलन र चिलाउने समस्याबाट पनि यसले राहत महसुस गराउँछ ।
बच्चालाई हाइड्रेड राख्नुहोस्–र्मीमौसममा केवल युवावस्था र बुढेशकालका मान्छेलाई मात्रै हाइड्रेटेड राख्नु पर्दैन, बच्चाहरुलाई झनै बढी हाइड्रेडको समस्या हुने गर्छ । किनभने गर्मीको समयमा शरीरमा पानीको अभाव धेरै हुने गर्छ । त्यसैले समय(समयमा आफ्नो बच्चालाई पानी खुवाइरहनुपर्छ । यो कुरा मनमा राख्नुहोस् कि बच्चा छ महिनाको भएपछि मात्रै उसलाई पानी खुवाउन थाल्नुपर्छ ।
किरा वा लामखुट्टेको टोकाबाट जोगानुहोस्–बच्चाहरूको छाला यति नाजुक हुन्छ कि किराहरू वा लामखुट्टेको टोकेपछि तुरुन्तै यसले उनीहरूमा दुखाइ महसुस गर्छ । त्यसकारण तिनीहरूलाई सधैं लामखुट्टेबाट जोगाइ राख्नुहोस् । तर लामखुट्टेबाट बचाउन भनेर बजारमा उपलब्ध हुने लामखुट्टे भगाउने इलेक्ट्रिक मेसिन भने प्रयोग नगर्नुहोस् ।
फेन्सी उत्पादनबाट बच्चालाई टाढा राख्नुहोस्–हामीलाई लाग्न सक्छ बजारमा पाइएका सुगन्धित साबुन र पाउडरको प्रयोगबाट बच्चालाई सधैंभरि फ्रेस राख्न सकिन्छ । जे होस् यो बिल्कुल गलत कुरा हो किनकि यसमा रहेका केमिकलहरूले बच्चालाई असर गर्ने गर्छ । जसले बच्चाको नरम छालामा बढी जलन निम्त्याउँछ। यति मात्र होइन, केही व्यक्तिले बच्चालाई नुहाइसकेपछि धेरै टाल्कम पाउडरको प्रयोग पनि गर्छन् ।
सरसफाइमा ध्यान दिनुहोस्–गर्मी मौसममा तपाईंको बच्चाको सरसफाइको विशेष ख्याल राख्नुहोस् । बच्चाको दाँत सफा राख्नुहोस् र उसका नङहरू पनि समय९समयमा काटिदिनुहोस् । किनकि त्यसले बारम्बार आफ्नो हात मुखमा लैजान खोज्छ । किनभने यी दिन तपाईं यसलाई जति धेरै सफा राख्नुहुन्छ त्यति नै संक्रमणबाट टाढा रहन्छ।
हल्का लुगा लगाउनुहोस्–आरामदायक र हल्का लुगा लगाउनुहोस् ताकि शरीरको छालाले कुनै अवरोधबिना हावा सोस्न सकोस् । बाहिर जाँदा बच्चालाई टोपी लगाइदिनुहोस् ।
दिनमा बच्चालाई नुहाइदिनुहोस्–बढ्दो तातोका कारण बच्चालाई धेरै पसिना आउन सक्छ । जसले गर्दा छालामा दाग र छाला संक्रमणको जोखिम बढ्दो छ। त्यसैले आफ्नो बच्चालाई भिजेको कपडाले पुछ्ने वा दिउँसोमा नुहाउन लगाएर पनि चिसो बनाउन सकिन्छ ।