प्रियंका र निकले ओस्कार मनोनितको नाम घोषणा गर्ने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फाल्गुन २८, यस वर्ष ओस्कार अवार्डमा मनोनित हुनेहरुको घोषणा सेलिब्रेटी जोडी प्रियंका चोपडा र निक जोनसलेगर्ने भएका छन् । यस वर्ष ग्लोबल लाइभ स्क्रिनिङमार्फत मनोनयन घोषणा हुनेछ ।
यस जोडीले इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै यसबारे जानकारी दिएको हो । एक भिडियोमा प्रियंकाले भनेकी छिन्, ‘हामी ओस्कारमा मनोनित हुनेहरुको घोषणा गर्दैैछौं र मलाई यसबारे थाहा थिएन ।’ फेरि निक भन्छन्, ‘ओह, तपाईले त पहिल्यै सबैलाई बताउनुभएको थियो कि हामी ओस्कार मनोनितको घोषणा गर्दैछौं ।’
१५ मार्च बिहान ५ बजेर १९ मिनेट (प्यासेफिक डे–लाईट टाइम) मा ओस्कार मनोनयन घोषणा गर्नका लागि आफु निकै उत्साहित रहेको र यसलाई युट्युबमा ओस्कारको आधिकारीक च्यानलमा गएर हेर्न उनले जानकारी दिएकी छिन् । एकेडेमीको पोस्टमा भनिएको छ,‘ओस्कार मनोनयनका लागि को-को उत्साहित हुनुहुन्छ ? प्रियंका चोपडा र निक जोनसलाई सोमबार बिहान ५ बजे र १९ (प्यासेफिक डे–लाईट टाइम) मा हेर्नुस् ।’