दुई वर्षमा चौथो निर्वाचन: इजरायल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ०२, इजरायलमा दुई वर्षभित्रमा यही मार्च २३ मा चौँथो पटक निर्वाचन हुने लगेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले कोभिड–१९ विरूद्धको खोप अभियानलाई निर्वाचनको प्रमुख विषय बनाउने अधिकारीहरूले जानकारी दिएका छन्।
गत वर्ष भएको निर्वाचनमा नत नेतन्याहुको दक्षिणपन्थी समूहलाई न सैनिक भूमिकाबाट इजरायली राजनीतिमा आएका केन्द्रवादी बेन्नी गान्जलाई बहुमत मिलेको थियो। फलस्वरूप यहाँ गान्जको सहयोगमा नेतन्याहुको नेतृत्वमा सरकार बनेको थियो। बाध्यतावस गठन भएको नेतन्याहुको नेतृत्वलाई सरकार गठन भएकै महिनादेखि गान्जले अविश्वास प्रकट गर्न थालेपछि इजरायली राजनीतिले विश्वभर चर्चा पाएको थियो।
कोभिड-१९ खोपलाई अहिलेसम्म ४० प्रतिशतभन्दा बढी नागरिकलाई दिन सफल इजरायलली प्रधानमन्त्री नेतन्याहुले कोभिड-१९ विरूद्धको अभियानलाई सफल पार्नुलाई आफ्नो नेतृत्वको सरकारको प्रमुख सफलताका रूपमा उल्लेख गरे। एकहत्तर बर्षीय नेतन्याहुले इजरायलमा सबैभन्दा लामो समयसम्म सरकारको नेतृत्व गर्ने इतिहास कायम गरिसके। नेतन्याहुका प्रमुख प्रतिद्वन्द्वी गान्जले नेतन्याहुमाथि लगाइएका भ्रष्टाचार मुद्दालाई नै आफ्नो निर्वाचनको प्रमुख विषय बनाउने देखिएको छ।