नेदरल्यान्ड्समा आमनिर्वाचन शुरु

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०२, युरोपेली मुलुक नेदरल्यान्ड्मा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ । कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो । प्रधानमन्त्री मार्क रुटले यस चुनावमा पनि विजयी हासिल गर्ने सम्भावना छ ।

कोभिड–१९ को प्रसार रोक्ने उद्देश्यले रातिको कर्फ्यु समेतका अति कडा प्रतिबन्ध र लकडाउन गरेको नेदरल्यान्ड्मा सोमबार बिहान ७:३० बजेदेखि मतदान स्थल खुला गरिएको छ । एएफपीका पत्रकारका अनुसार, दी हेगस्थित मडुरोडाम पार्कमा मतदानका लागि केही मानिस देखा परेका छन् । मतदान अघि आइतबार प्रधानमन्त्री रुट विरोधी प्रदर्शन नियन्त्रण गर्न प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रयोग गर्नु परेको थियो । पछिल्ला चुनावी मत सर्वेक्षणमा रुटको पार्टी भिभिडीले करिब २५ प्रतिशत मत प्राप्त गर्ने देखाएको छ । रुटको निकटतम प्रतिद्वन्द्वी पार्टी पिभीभीले करिब १३ प्रतिशत मत प्राप्त गर्ने मत सर्वेक्षणले देखाएका छन् ।

गत साता प्रधानमन्त्री रुटले राति ९ बजेदेखि बिहान ४:३० बजेसम्म लगाइएको कर्फ्यु मतदानलाई विचार गरी केही सहज बनाइने जानकारी दिएका छन् । सन् २०१७ को चुनावमा अति–दक्षिणपन्थी नेता गर्ट विल्डर्सले ब्रेक्जिट र ट्रम्पको लोकप्रियताबाट आफूले निकै फाइदा लिनसक्ने अनुमान गरिएको थियो, तर अहिले परिस्थिति फरक भइसकेको छ ।

 

प्रकाशित : 15 March, 2021

प्रतिक्रिया दिनुहोस्