कपाल मुण्डन गरेपछि नायिका केकी भावुक हुदैँ यसो भनिन्
काठमाडौं । चैत्र ०२, नायिका केकी अधिकारीले आफ्नो नयाँ चलचित्रका लागि कपाल मुण्डन गरेकी छिन् । पहिलो पटक कपाल मुण्डन गरेकी केकीले भनिन्–‘आफूले कहिले नकाटेको र धेरै माया गरेको कपाल काट्दा त म रोएकी थिएँ । तर, विस्तारै आफूले नै असहज महुशश गर्दा अरुले झनै असहज महशुश गर्ने अवस्था आउँछ भनेर आफैलाई सम्हालेँ ।’
केकीले नयाँ चलचित्रको नाम भने अहिले खुलाउन नमिल्ने बताइन् । भनिन्–‘चलचित्रको अफर आएपछि मैले सुरुमा आफूलाई तयार गरेको थिएँ । यस्तो बोल्ड भूमिका गर्न सक्छु भन्ने लागेपछि नै मैले काम गर्ने निर्णय गरेकी हुँ । यो महिला केन्द्रित चलचित्र हो । मलाई मानिसहरुले मेरो यो गेटअपलाई कसरी लिन्छन् भन्ने पनि हेर्नु थियो । गेटअप सार्वजनिक भएपछि कसैले मलाई विरामी हो कि भनेर सोचे, कसैले मानसिक रुपमा तनाव भएको हो कि भनेर सोचे । कसैले केटा जस्तो देखियो भनेर प्रतिक्रिया दिए त कसैले टाउको कती मिलेको रहेछ भनेर प्रतिक्रिया दिए । मानिसहरुको प्रतिक्रियाले मलाई झनै उत्साहित बनाएको छ ।’