इन्स्टाग्रामको टीनएजरको सुरक्षाका लागि यस्तो फिचर
सहयात्रा टिभी
काठमाडौं । चैत्र ०४, इन्स्टाग्रामले हालै किशोर किशोरीहरुको सुरक्षालाई ध्यानमा राख्दै एउटा नयाँ फिचर ल्याएको छ। यस फिचरले वयष्क व्यक्तिहरुद्वारा अनावश्यक रुपमा आउने मेसेजहरु रोक्न किशोर किशोरीहरुलाई मद्दत गर्नेछ।

यो फिचरले सबै वयष्कहरुलाई सबै किशोर किशोरीलाई मेसेज गर्नबाट रोक्ने भने होइन। आफूले फलो गरेका र किशोर किशोरीबीच भने मेसेज हुन सक्नेछ। उक्त फिचर सर्च गर्दै अनावश्यक रुपमा मेसेज पठाउने अपरिचित तथा फलो नगरिएका वयष्कहरु तथा उनीहरुको हर्कतलाई रोक्नका लागि ल्याइएको हो।
प्राइभेट एकाउन्ट
इन्स्टाग्रामका लागि न्यूनतम उमेर १३ वर्ष हुनुपर्छ। इन्स्टाग्रामले आफ्नो ब्लगमा लेखेको छ, ‘किशोर किशोरीले एकाउन्ट बनाउँदैमा ‘प्राइभेट’ मा क्लिक नगरे हामी प्राइभेट बनाउनुका फाइदाका बारेमा प्रकाश पार्दै सेटिङमा गएर मिलाउन नोटिफिकेशन पठाउँछौं।


