आज सर्वाधिक शेयरमूल्य बढ्ने चार कम्पनी

सहयात्रा टिभी

काठमाडौं । चैत्र ०५, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (बिहिबार) हरियाली छाएको छ । बुधबार पनि नेप्से ४०.४० अंकले बढेर दुई हजार चार सय ३२ दशमलब १५ विन्दुमा पुगेको थियो ।

नेप्सेका अनुसार आज नेप्से ४२.९५ अंकले बढेर दुई हजार चार सय ७५ दशमलब ०९ विन्दुमा पुगेको छ । आज ४ अर्ब ६६ करोड १७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये अन्यसबै समूहमा हरियाली छाएको छ ।

आजको सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीहरुमा युनाइटेड इदी मर्दी हाइड्रोपावर कम्पनी, ग्रीन लाइफ हाइड्रोपावर कम्पनी, चन्द्रागिरी हिल्स र नेपाल बंगलादेश बैंक रहेको छ । जसमा दुई कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेका छन् भने अन्य दुई कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

 

प्रकाशित : 18 March, 2021

प्रतिक्रिया दिनुहोस्