सहायक सिडिओ हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं।चैत्र ०६, सहायक सिडिओ र प्रमुख प्रशासकीय अधिकृतको नक्कली परिचयपत्र बनाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले जाजरकोटको छेडागाढ नगरपालिका–२ डेढकुलाका २७ वर्षीय दिपक बुढालाई बिहीबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो ।नेत्रकुमारी पौडेलको जाहेरीका आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंले बुढालाई पक्राउका लागि पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ को प्रमुख प्रशासकीय अधिकृतको परिचयपत्र बोकेका थिए । यो नाम गरेको गाउँपालिका नेपालमै छैन ।