पायल्स भएको छ ? यस्ता घरेलु उयहरु
सहयात्रा टिभी
काठमाडौं । चैत्र ०६,पछिल्लो समय व्यस्त जीवनशैली, खानपानमा ध्यान नदिनाले पायल्स रोग दिनप्रतिदिन बढ्दै गएको छ । पायल्स रोग मलद्धारसँग सम्बन्धीत रोग हो । जसका कारण मानिसहरु खुलेर कुरा गर्न चाहदैंनन् । पछिल्लो समय यो समस्या आम समस्या बनेको छ ।
पायल्स हुँदा दिसा गर्न गाह्रो हुने, मलद्धारमा मासु पलाउने, चिलाउने, दुख्ने, दिसामा रगत आउने हुन्छ ।
पायल्स रोगबाट बच्ने घरेलु उपायहरु यस प्रकारका रहेका छन् ।
आँपको कोयाको गुदीको चुर्ण महसँग मिसाएर खाने ।
अलिभको तेल लगाउने ।
मूलाको रस बिहान बेलुका खाने ।
प्रशस्त मात्रामा पानी पिउने ।
हरियो सागपात काँचै खाने, फलफूलको जुस, फलफूल खाने ।
फाइबर युक्त खानेकुरा खाने ।
घ्यू कुमारीको गुदी लगाउने ।
दुबोको रस घोलेर बिहान बेलुका एक गिलास मनतातो पानीसँग खाने ।
नियमित रुपमा व्यायाम वा योग गर्ने ।
धुम्रपान तथा मद्यपानको सेवन नगर्ने