कतारमा पनि कोरोना संक्रमणको नयाँ लहर

दोहा । कतारमा पनि कोरोना भाइरस संक्रमणको नयाँ लहर देखा परेको छ ।
कोभिड–१९ राष्ट्रिय स्वास्थ्य रणनीतिक समूहका अध्यक्ष तथा हमाद मेडिकल कर्पोरेशनका सरुवारोग प्रमुख डा.अब्दुल्लातीफ अल-खलले बुधबार साँझ दोहामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोभिड–१९ संक्रमणको नयाँ लहर सुरु भएको बताए ।
कतारमा हालसालै दक्षिण अफ्रिकाबाट आएको कोरोना भाइरसको नयाँ छाल देखिएको र यस हप्ता भाइरसको कारण ७ व्यक्तिको मृत्यु भएको डा. अल-खलले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
‘संक्रमणको नयाँ लहरले विभिन्न लक्षणहरू निम्त्याउँदैन, तर यो व्यक्तिहरूमा फैलिने बढी सम्भावना हुन्छ, र केही प्रमाणहरूले संकेत गर्दछ कि नयाँ तनावले गम्भीर रोग निम्त्याउन सक्छ, उनले भने ।
हाल कतारमा कोरोना भाइरसको १३ हजार ५ सय भन्दा बढी सक्रिय सङ्क्रमितहरु रहेका छन् । त्यसमध्ये १ हजार २ सय भन्दा बढी व्यक्तिहरूको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको डा. अल-खललाई उद्धृत गर्दै पेनिन्सुला पत्रिकाले समाचार लेखेको छ ।
कतारमा हालसम्म ६५ लाख जनालाई कोरोना भाइरसविरूद्धकव खोप लगाइएको डा. अल-खलले जानकारी दिए ।
नयाँ संक्रमणको कारण अस्पतालमा भर्ना हुनेको संख्यामा वृद्धि भएको उनले बताए । कतारले पछिल्लो समय संक्रमण बढेसंगै मार्च २७ तारिख शुक्रबारदेखि लागू हुने गरि थप प्रतिबन्ध लगाउने भएको छ ।