एकैदिन भेटिए एक लाखभन्दा बढी कोरोना संक्रमित

सहयात्रा टिभी

काठमाडौं । चैत्र १३, ब्राजिलमा बिहीबार एकैदिन एक लाखभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित थपिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ब्राजिलमा कोरोनाका एक लाख १५८ नयाँ संक्रमित थपिएका हुन् ।

ब्राजिलमा पछिल्लो केही समययता निरन्तर कोरोना संक्रमण बढिरहेको छ । विशेषज्ञहरुले कोरोनाको नयाँ प्रकारको संक्रमणको कारण मुलुकमा कोरोनाको नयाँ लहर फैलिएको बताएका छन् भने बिहीबार ब्राजिलमा कोरोनाको कारण दुई हजार ७७७ जनाको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तीन लाख तीन हजार नाघेको छ ।

ब्राजिलमा कोरोना संक्रमणको अवस्था भयावह देखिएसँगै यसै विषयलाई लिएर राजनीतिक संकट पनि बढेको छ । ब्राजिलका विपक्षी नेताहरुले राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना नियन्त्रणको लागि आवश्यक कदम नचालेको कारण अहिलेको अवस्था आएको बताएका छन् ।

प्रकाशित : 26 March, 2021

प्रतिक्रिया दिनुहोस्