महजोडीलाई ‘महामुर्ख’ उपाधिद्धारा सम्मान

सहयात्रा टिभी

काठमाडौं । चैत्र १६, यो वर्षको महामुर्ख उपाधि मह जोडीलाई प्रदान गरिएको छ । होली पर्वको अवसरमा मिथिला नाट्य कला परिषदद्वारा आयोजना गरिएको सम्मेलनमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई महामुर्खको उपाधि प्रदान गरिएको हो ।

हरेक वर्ष आयोजना गरिने महामुर्ख सम्मेलनमा राजनीतिक छविका व्यक्तित्वलाई यो उपाधि प्रदान गरिने भए पनि यस वर्ष मह जोडीलाई उपाधि दिइएको बताईएको छ ।

कार्यक्रममा मदन कृष्ण श्रेष्ठले कला क्षेत्रमा दर्जनौ उपाधि पाए पनि महामुर्खको उपाधि भने ऐतिहासिक रहेको बताउनुभयो । हरिबंश आचार्यले भने हसाँउने कामलाई निरन्तरता दिने आफू मुर्ख रहेको बताउनुभयो । पटमुर्खको उपाधि भने प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई दिइएको छ ।

प्रकाशित : 29 March, 2021

प्रतिक्रिया दिनुहोस्