लाखौं संख्यामा सेवाग्राही थपिएपछि मेरोसेयर मंगलबार साँझदेखि अवरूद्ध

सहयात्रा टिभी

काठमाडौं । चैत्र १८, बेला बेलामा समस्या आइरहेको मेरोसेयरको सेवा मंगलबार साँझ देखि बन्द भएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेडले मेरोसेयर डट सिडिसिएस डट कम डट एनपीमा सूचना राखेर सेवाग्राहीको चाप बढेकाले प्राविधिक समस्या देखा परेको जनाएको छ।

‘मेरो सेयरमा सेवाग्राहीको चाप बढ्ने क्रमसँगै विभिन्न प्राविधिक समस्याहरू देखा पर्दै आएकोमा सोको समाधानका लागि आकस्मिक रूपमा सर्भरहरू जडान गर्न पर्ने देखिएको र सो सर्भर जडान गरी डाटा माइग्रेसन गर्न केही समय लाग्ने भएकाले मिति २०७७/१२/१७ बेलुका ८ बजेदेखि केही समयका लागि मेरो सेयर सेवा अवरूद्ध हुने व्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ,‘ मेरोसेयर सेवा अवरूद्ध हुँदा मिति २०७७/१२/१६ गते कारोबार भई २०७७/१२/१८ गते राफसाफ तथा फर्छ्यौट हुनुपर्ने कारोबारको इडिआइएस प्रविष्टि गर्ने समय २०७७/१२/१८ गते बिहान १० बजेसम्म कायम गरिएको व्यहोरा जानकारी गराइन्छ।’लाखौं संख्यामा सेवाग्राही थपिएपछि मेरोसेयरलाई चाप धान्न हम्मे भएको छ।

प्रकाशित : 31 March, 2021

प्रतिक्रिया दिनुहोस्