आईएमई ग्रुपको तेस्रो आईएमई टेनिस प्रतियोगिता सुरु

सहयात्रा टिभी

काठमाडौं । चैत्र १८, आईएमई ग्रुपको तेस्रो आईएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ मंगलबारदेखि काठमाडौंस्थित मण्डिखाटार टेनिस क्लबमा सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन टेनिस खेलप्रेमी खेलाडी एवं कार्डियोथोरासिक सर्जन डा. भगवान कोइरालाले गरेका हुन् भने उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. कोइरालाले टेनिस सबैको साझा खेल भएको बताउँदै यस्तो खेलको प्रवद्र्धन गर्न आईएमई ग्रुपलाई थप सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रममा आईएमई ग्रुपका प्रवन्ध निर्देशक एवं आईएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल र पूर्वएआईजी राजेन्द्र सिंह भण्डारीलगायत टेनिस खेलप्रेमी खेलाडीहरूको उपस्थिति थियो । यहीँ चैत १७ गतेदेखि २२ गतेसम्म (ईस्वी संवत् २०२१ मार्च ३० देखि–अप्रिल ४ सम्म) आयोजना हुने उक्त प्रतियोगितामा यू८–यू १६ उमेर समूहका १ सय ५ जना खेलाडीले भाग लिनेछन् ।

टेनिस खेलको विकास र विस्तारमा सहयोग पुगोस र बालबालिकाहरूमा खेलप्रति रुचि पनि जागोस् भन्ने मुख्य उद्देश्यले आईएमई फाउन्डेसनले यो प्रतियोगिता विगत चार वर्षदेखि गर्दै आइरहेको छ । गत वर्ष कोभिड–१९, का कारण स्थगित तेस्रो संस्करण यसपटक आयोजना गर्न लागिएको हो । आईएमई पे प्रतियोगिताको भुक्तानी पार्टनर हुनेछ भने प्रतियोगिता अवधिभर स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण परिपालना गरिनेछ ।

आईएमई फाउन्डेसन आईएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतका विभिन्न क्षेत्रमा योगदान पु¥याउँदै आएको छ ।

प्रकाशित : 31 March, 2021

प्रतिक्रिया दिनुहोस्