पानीसँग जोडिएका रोचक तथ्य

सहयात्रा टिभी

काठमाडौं । चैत्र १८, भनिन्छ नि पानी बिनाको माछा जस्तै । पानी बिना न त माछा बाच्न सक्छ, न त अन्य कुनै पनि जीव जीवित रहन सम्भव छैन । पानी हाइड्रोजन र अक्सिजन मिलेर बनेको हुन्छ ।

पानीको महत्व व्याख्या गरिरहनु आवश्यक छैन किनकी पानीका बारेमा र यसका आवश्यकताका बारेमा सबैलाई ज्ञान छ । तर पनि पानीका बारेमा थप ज्ञानपूर्ण रोचक तथ्य थाहा पाईराखौै ।

 

१।पृथ्वीको चार भागमध्ये तीन भाग पानीले ढाकेको छ । तर त्यो पानीमध्ये पिउन योग्य पानी १ प्रतिशत मात्र छ ।

२।विज्ञानका अनुसार पानीलाई ‘यूनिभर्सल सोल्भेन्ट’ पनि भनिन्छ किनकी पानीमा अधिकांश पदार्थ घुल्न सक्छ ।

३।विश्वको ९० प्रतिशत ताजा पानी अन्टार्कटिकामा पाइन्छ ।

४।पानी धेरै पिउनाले पनि नसा लाग्न सक्छ । धेरै पानी पिउनाले हाम्रो मस्तिष्क असन्तुलित हुन जान्छ र हामीलाई नसा लागेको अनुभव हुन्छ ।

५।पानीलाई जमाइयो भने यसको घनत्व ९ प्रतिशत बढ्छ ।

६।पानीलाई तताएर बर्फ जमाइयो भने चिसो पानी जमाउन भन्दा छिटो हुन्छ ।

७।घरमा सबैभन्दा बढी पानीको प्रयोग बाथरुममा गरिन्छ । उदाहरणका लागि बाथरुममा एकपटक फ्लस गर्दा ६ लिटर पानी प्रयोग भएको हुन्छ ।

८।पानीलाई वैज्ञानिकले तीन तहमा विभाजन गरेका छन् । पानीलाई ठोस, तरल र ग्यास तीनै रुपमा पाउन सकिन्छ ।

९।जनावरमा हात्तिले ५ किलोमिटर टाढा पनि पानी भएको कुरा पत्ता लगाउन सक्छ ।

१०।पृथ्वीमा भएका नदी, खोला, पोखरी आदीमा पाइने पानी भन्दा बढी पानी हाम्रो वायुमण्डलमा फैलिएको हुन्छ ।

११।पृथ्वीमा महासागरमध्ये सबैभन्दा बढी पानी प्रशान्त महासागरमा छ ।

१२।एउटा स्वस्थ मानिसको शरीरमा ७० प्रतिशत पानी हुन्छ ।

१३।पृथ्वीमा केही यस्ता पनि जीव छन् जसको शरीरमा ९५ प्रतिशत पानी हुन्छ । १४।चीनका ७० प्रतिशत मानिस फोहोर पानी पिउन बाध्य छन् ।

१५।मानिसको मस्तिष्कको ७० प्रतिशत भाग पानीले बनेको हुन्छ ।

१६।मानिसको शरीरमा १० प्रतिशत पानी कम भयो भने पनि मानिसको मृत्यु हुने सम्भावना बढि हुन्छ ।

प्रकाशित : 31 March, 2021

प्रतिक्रिया दिनुहोस्