दाहालले प्रत्यक प्रतियोगिता जित्दा धुर्मुस सुन्तली फाउन्डेसनलाई ५ हजार सहयोग गर्ने

सहयात्रा टिभी

काठमाडौं । चैत्र १९, नेपाली युवा ब्याटमिन्टन स्टार प्रिन्स दाहालले आफूले आगामी वर्ष जित्ने हरेक प्रतियोगिता वापत ५ हजार रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गर्ने बताएका छन् ।

फाउण्डेसनद्धारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्ने लक्ष्यसहित प्रिन्सले यस्तो घोषणा गरेका हुन् । बुधबार उनले सामाजिक सञ्जाल मार्फत २०७८ सालमा आफूले जित्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितको ५ हजार रुपैयाँ फाउन्डेसनलाई दिने निर्णय गरेको लेखेका छन् ।

घरेलु ब्याडमिन्टनमा पछिल्लो समय सिनियर खेलाडीहरुलाई हराउँदै विभिन्न उपाधि जित्दै आएका प्रिन्स विश्व ब्याडमिन्टनको जुनियरतर्फ तेस्रो वरियतामा छन् भने उनले यस वर्ष तीनवटा प्रतियोगिताको उपाधि जितेका थिए । जसक्रममा उनले रत्नजीत तामाङ, दीपेश धामीजस्ता खेलाडीलाई पराजित गरेका थिए ।

 

प्रकाशित : 1 April, 2021

प्रतिक्रिया दिनुहोस्