आजको मौसम

सहयात्रा टिभी

काठमाडौं । चैत्र २०, देशका पहाडी भू–भागमा स्थानीय वायुको प्रभावले शुक्रबारको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

अन्य भू–भागहरुको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ भने देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। बिहान देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यातय सफा रहेको छ।

चैत्र २० गते
देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा अपरान्हपछि चट्टयाङ्ग सहित हल्का वर्षाको प्रबल सम्भावना रहेको छ ।

चैत्र २१ गते
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २१ गते
देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित : 2 April, 2021

प्रतिक्रिया दिनुहोस्