कंगोमा २९ जना स्थानीय नागरिकहरुको हत्या

सहयात्रा टिभी

काठमाडौं । चैत्र २०, कंगोको किभमा युगान्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको छ ।

युगाण्डीयन विद्रोही समूह अलाइड डेमोक्रयाटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको जनाईएको छ ।

आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । समाचार अनुसार यहाँका एक गाउँमा भएको सो हमलामा स्थानीय नागरिकहरुकै हत्या भएको पाइएको छ ।

त्यसमा परेर अरु चार जना विद्रोही पनि मारिएका छन् भने ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको समाचारमा बताईएको छ ।

प्रकाशित : 2 April, 2021

प्रतिक्रिया दिनुहोस्