यस्ता उमेर समुहका व्यक्तिले यति समय सुत्दा राम्रो

सहयात्रा टिभी

काठमाडौं । चैत्र २०, मानिसको उमेरको आधारमा निद्राको आवश्यकता पनि भिन्न भिन्न हुने गर्दछ । संयुक्त राज्य अमेरिकाको राष्ट्रिय स्लिप फाउण्डेशनले गरेको अध्धयन अनुसार कुनै पनि व्यक्तिको निद्राको आवश्यकता उसको जीवनशैलीमा आधारित हुने गर्दछ भने मानिस स्वस्थ रहनको लागि नियमित रुपमा सुत्ने समय निम्न हुनु पर्दछ ।

  • नवजात शिशु ०-३ महिना सम्मको उमेर समुहका शिशुले दिनको १४ देखि १७ घन्टा सुत्नुपर्छ ।
  • १ देखि २ वर्षको बच्चाहरुले हरेक दिन ११ देखि १४ घन्टा सुत्नुपर्छ
  • ३-५ वर्ष उमेर समुहका बच्चाहरु दैनिक १० देखि १३ घन्टा सुत्नुपर्छ ।
  • ६ -१३ वर्ष उमेरका बालबालिका हरेक दिन ९ देखि ११ घन्टा सुत्नुपर्छ ।
  • १४ देखि १७ वर्ष किशोर किशोरी हरेक दिन ८ देखि १० घन्टा सुत्नुपर्छ ।
  • ८ देखि २५ वर्षका युवा युवतीहरु दैनिक ७ देखि ९ घन्टा सुत्नु आवश्यक छ ।
  • २६ वर्षदेखि ६४ वर्षका व्यस्कहरु दिनमा ७ देखि ९ घन्टा सुत्नु राम्रो हो ।
  • ६५ वर्षका दैनिक ७ देखि ८ घण्टा जरुरी हुन्छ ।
  • गर्भवती महिला राती ८ घन्टा र दिनमा २ घन्टा अनिवार्य सुत्नु पर्छ ।

प्रकाशित : 2 April, 2021

प्रतिक्रिया दिनुहोस्