म्यानमारमा ईण्टरनेट चलाउन प्रतिबन्द
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २०, म्यानमारमा सेनाको आदेशद्धारा म्यानमारमा ताररहित ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू बन्द गरिएको छ।
त्यसैगरी त्याँहाका यातायात र सञ्चार मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा सबै वायरलेस ब्रॉडब्यान्ड डाटा सेवाहरू अर्को सूचना नभएसम्म अस्थायी रूपमा निलम्बन गरिने उल्लेख गरिएको बताईएको छ।
न्यु योर्कमा ह्युमन राइट्स वाचले एक रिपोर्ट जारी गर्दै म्यानमारको सेनाले राजनीतिज्ञ, निर्वाचन अधिकारीहरू, पत्रकारहरू, कार्यकर्ता र प्रदर्शनकारीहरू लगायत सयौं मानिसहरूलाई बेपत्ता पारेको जनाएको छ।