अमेरिकामा राष्ट्रपति ट्रम्प बिरुद्ध प्रदर्शन चर्कियो

सहयात्रा टिभी

बैशाख १७, २०७४ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्ध प्रदर्शन चर्किएको छ ।
राष्ट्रपति ट्रम्पको कार्यकालको एक सय दिन पूरा हुन लाग्दै राजधानी वासिङटन डिसी लगायत बिभिन्न शहरमा प्रदर्शन पनि बढ्दै गएको हो । जलवायु परिवर्तनको विषयलाई लिएर ट्रम्पबिरुद्ध ¥याली निस्किएका छन । प्रदर्शनकारीहरुले ‘ट्रम्प बाटोबाट हट’ जस्ता नारा लगाएका छन । वातावरण प्रदुषण रोक्न र वातावरणीय सन्तुलन कायम गर्न राष्ट्रपति ट्रम्पसंग कुनै नीति नभएको उनीहरुको आरोप छ । उनीहरुले गत महिना राष्ट्रपति ट्रम्पले ओबामा प्रशासनले जारी गरेको जलवायु परिवर्तन सम्बन्धी नीति खारेज गरेमा विरोध जनाएका छन । ट्रम्पले ओबामाले जारी गरेको नीतिलाइ धोकाको संज्ञा दिंदै स्वच्छ उर्जा योजना खारेज गर्दै जैविक इन्धनको प्रयोगमा जोड दिएका थिए । जलवायु सुरक्षा समूहले पहिला पनि ट्रम्पको जलवायु परिवर्तन नीतिको निन्दा गरेका थिए । ट्रम्पको नीतिले अमेरिकी नागरिकको स्वास्थ्यमा गम्भीर अशर ्पर्ने उनीहरुको भनाइ छ । यसैबीच, राष्ट्रपति ट्रम्प पुनः एकपटक अमेरिकी संचारमाध्यममाथि खनिएका छन । आफूले एकपछि अर्को प्रतिबद्धतासहित राम्रो काम गरिरहेको भएपनि संचारमाध्यमले आफूबिरुद्ध गलत समाचार सम्प्रेषण गरेको उनको आरोप छ । यसअघि ह्वाइट हाउसमा संचारकर्मीसंगको भोज पनि ट्रम्पले बहिष्कार गरेका थिए ।

प्रकाशित : 30 April, 2017

प्रतिक्रिया दिनुहोस्