जोर्डनका पूर्व राजकुमार नजरबन्दमा

काठमाडौं । चैत्र २२, जोर्डनका पुर्व राजकुमार हमजा बिन हुसैन नजरबन्दमा परेका छन् । उनमा जारी भ्रष्टाचार र सरकारी असक्षमता एवं उत्पीडनको बारेमा सार्वजनिक अभिब्यक्ति दिएको आरोपमा पुर्व राजकुमार हमजालाई नजरबन्दको सजाय सुनाइएको हो ।
राजकुमार हमजाले आफुमाथिको आरोप अस्वीकार गर्दै आएका छन् भने जोर्डनको सैन्य बलका चीफ अफ स्टाफ आफनो घरमा आई घरबाट बाहिर ननिस्कन, कोही ब्यक्तिहरुसँग भेटघाट गर्न नपाईने गरी रोक लगाउँदै नजरबन्दमा पारिएको उनले बताए छ ।
कोरोना भाइरसको महामारीसँगै जोर्डनमा शक्तिशाली खुफिया एजेन्सी सक्रिय भएको भन्दै मानवअधिकार संगठनले बिरोध गर्दै आएको थियो । राजकुमार किगं अबदुल्लाहका सौतेनी दाई हमजालाई सन् १९९९ मा जोर्डनको राजकुमारको उपाधी दिइएकोमा किगं अबदुल्लाहले सन् २००४ मा उनको उपाधि खोसेका थिए ।