फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

सहयात्रा टिभी

काठमाडौं । चैत्र २३, नेपाल आयल निगमले आइतबार इन्धनको मूल्य बढाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धको मूल्य बढाएको हो ।

यो भन्दा अगाडि चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजल र मट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट १ अप्रिल २०२१ मा प्राप्त मूल्य अनुसार निगमले मूल्य समायोजन गरेको हो । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजलमा प्रति लिटर १.९४ रुपैयाँ घाटा छ ।

ग्याँसमा प्रतिसिलिन्डर ४१८.४७ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

प्रकाशित : 5 April, 2021

प्रतिक्रिया दिनुहोस्