न्यूड फोटोसुट गराउने ११ महिला पक्राउ

काठमाडौं । चैत्र २५, दुबईमा न्यूड फोटोसुट गराएको आरोपमा प्रहरीले ११ जना महिलालाई पक्राउ गरेको छ । युक्रेनी वाणिज्य दूतावासका अनुसार एक दर्जन महिलाहरु दुबईको मरिना इलाकाको बालकोनीमा न्यूड फोटोसुट गराइरहेका बेला उनीहरुलाई प्रहरीले हिरासतमा लिएको हो । पक्राउ पर्नेमा युक्रेनी महिलाहरु रहेको त्यहाँस्थित युक्रेनी वाणिज्य दूतावासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
दुबईमा सार्वजनिक नग्नताको उल्लंघन गरेमा ६ महिना कैद तथा ५ हजार दिराम जरिवाना हुने व्यवस्था रहेको छ साथै मानिसहरुले सार्वजनिक स्थानमा प्रेम व्यक्त गरे वा समलिङ्गी सम्बन्ध प्रदर्शन गरे जेलको सजाय भोग्नुपर्ने हुन्छ ।