बेलायती महारानी एलिजाबेथका श्रीमान फिलिपको निधन

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, लायतकी महारानी एलिजाबेथ द्धितियाका पति प्रिन्स फिलिपको ९९ वर्षको उमेरमा निधन भएको बकिंघम दरबारले पुष्टि गरेको छ । बेलायतमा कोरोना भाईरसको संक्रमणले आक्रान्त पारिरहेको अवस्थामा उनको निधन भएको हो।

‘महारानीले गहिरो दुखका साथ आफ्ना प्रिय पतिको निधनको घोषणा गर्नुभएको छ’ बेलायती राजदरबारको विज्ञप्तिमा भनिएको छ । ७३ वर्षअघि उनको फिलिपसंग विवाह भएको थियो। यसअबधिमा नयाँ विधेयकमा शाही निसाना लगाईने छैन। फिलिपको सम्मानमा सरकारी कामकाज पनि स्थगित हुनेछन् ।

केही समययता राजकुमार फिलिपको स्वास्थ्य खस्किदै गएको थियो । उनले सन् २०१७ देखि स्वास्थ्यकै कारण देखाएर राजदरबारमा आफ्नो जिम्मेवारी छाड्दै गएका थिए ।

बेलायतका राजपरिवारका सदस्य १ महिनासम्म शोक अवधिमा रहने भएकाले बेलायतका नागरिकले अब १ महिनापछि मात्र महारानीलाई हेर्न पाउने छन।

प्रकाशित : 10 April, 2021

प्रतिक्रिया दिनुहोस्