भारतको महाराष्ट्रमा एक अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । चैत २८, भारतको महाराष्ट्रमा एक कोभिड अस्पतालमा आगलागी हुँदा एक महिलासहित चार जनाको मृत्यु भएको छ ।
नागपुरमा रहेको कोभिड अस्पतालमा शुक्रबार आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उक्त अस्पतालमा २७ जना बिरामी उपचाररत थिए । प्रहरीले सबै बिरामीलाई अर्को अस्पतालमा सारिएको जनाएको छ ।
राती ८ : १० बजे अस्पतालको दोस्रो तलाबाट आगो लाग्न शुरू भएको बताइएको छ । दोस्रो तलामा रहेको आईसीयूको एसी युनिटबाट आगो शुरू भएको अनुमान गरिएको छ ।