रचना र भुषणको ‘ह्यापी न्यु इयर’ (भिडियो सहित)
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं चैत्र २९, नयाँ बर्ष २०७८ को पुर्व संध्यामा गायक भुषण खतिवडा र गायिका रचना रिमालले नयाँ बर्ष सम्बन्धि गीत ‘ह्यापी न्यु इयर’ सार्वजनिक गरेका छन् ।
बसन्त लम्सालको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुरज श्रेष्ठले गरेका हुन् भने गीतको भिडियो रमाइलो र घुमघामको शैलीमा तयार पारिएको छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायाँकन र विकास धमलाको सम्पादन रहेको छ ।