इतिहासमा पहिलो पटक महिला प्रधान सम्पादक: रोयटर्स
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ३१, अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले आफ्नो १७० वर्षे इतिहासमा पहिलो रोमकी स्थायी बासिन्दा ४७ वर्षीया अलेसान्ड्रा गालोनीलाई महिला प्रधान सम्पादक बनाउने भएको छ । गालोनीले स्टिफिन जे एड्लरको ठाउँ लिने छिन् ।
गालोनीले अप्रिल १९ देखि नयाँ जिम्मेवारी सम्हाल्नेछिन् । ४ भाषामा पोख्त उनी यसअघि वाल स्ट्रिट जर्नलमा काम गर्थिन् । उनी सन् २०१३ मा रोयटर्सका दक्षिण युरोप ब्युरो प्रमुखका रुपमा आबद्ध भएकी थिइन् ।
प्रधान सम्पादकका रुपमा उनले लन्डनमा बसेर काम गर्ने पनि रोयटर्सले जनाएको छ । उनले विश्वभरका झन्डै २५ सय पत्रकारको नेतृत्व गर्नेछिन् ।